Logo
Logo

‘कोरोना भ्यक्सिनमा प्रधानमन्त्रीनिकट व्यक्तिले कमिसन लिनु अपराध’



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्रीनिकट व्यवसायीहरूले कोरोना भ्याक्सिन रोकेको खबरले लज्जित तुल्याएको उल्लेख गरेका छन् ।

महामारीको कहालीलाग्दो समयमा जनतामाथि ठूलो धोका भएको र यो अपराध कदापि क्षम्य हुन नसक्ने बताएका हुन् । पहिलो चरणको महामारीका बेला पनि ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्रीनिकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको उनले उल्लेख गरेका छन् ।

‘पहिलो चरणको महामारीका समयमा ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्रीनिकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो,’ उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरूले जनस्वास्थ्यमाथि गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन ।’

यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने र समय आएपछि जनताले यसको हिसाब गर्ने कोइरालाले लेखेका छन्‌ ।

प्रतिक्रिया दिनुहोस्