Logo
Logo

राजेन्द्र महतोले ओलीको साथ छोडे, विश्वासको मत नदिने


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत नदिने भएका छन् । जसपाले अघि सारेको सबै माग पूरा नभएको भन्दै महतोले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताएका हुन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरू पहिलेदेखि नै सरकारको विपक्षमा रहँदै आएका छन् । महतो पनि सोही पक्षमा उभिने भएपछि अध्यक्ष ठाकुर अल्पमतमा पर्ने देखिएको छ ।

निलम्बित भएका २ जना बाहेक जसपासँग ३२ सांसद छन् । जसपाले एकजुट रुपमा पधानमन्त्री ओलीलाई मत नदिएमा उनलाई विश्वासको मत प्रापत गर्न कठिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्