Logo
Logo

माधव समूहका चार नेता बालुवाटारमा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माधव नेपाल समूहका चार नेता बालुवाटार पुगेका छन् । विश्वासको मत लिने समय नजिकिँदै जाँदा अत्तालिएका ओलीले नेपाल समूहका नेतासँग छलफल बढाएका हुन् ।

वैशाख २७ गते संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेर आफ्नो पक्षमा लिने प्रयास गरेका छन्।

छलफलका लागि नेपाल समूहका नेताहरू सुरेन्द्र पाण्डे,घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई बालुवाटारमा छन् । छलफलमा अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु छन् ।

पार्टीलाई कुनै न कुनै रुपमा जेठ २, २०७५ को अवस्थामा फर्काएर त्यसपछि नयाँ ढंगले अघि बढाउन माधव समूहका नेताहरुले जोड दिएका छन् । त्यसो त ओलीले भूसाल, भट्टराई लगायतका नेताहरुसँग पनि गएराति देखि नै बालुवाटारमै बोलाएर घण्टौं छलफल गरेका थिए।

तर, छलफल निष्कर्षमा नपुगेकाले शुक्रबार फेरि छलफल भएको हो । २७ गते संसदमा फ्लोर क्रस हुने डरले पनि ओलीले भेटाघाट बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्