Logo
Logo

‘कोरोना महामारी भयावह भयो, सबै मिलेर सम्हालौं’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोना महामारी नियन्त्रणमा जुट्न सबैलाई आग्रह गरेको छन् । शनिबार सामाजिक सञ्जालमार्फत कोरोनाका कारण स्थिति भयवाह भएको भन्दै सबै मिलेर कोरोनाविरुद्ध लाग्नुपर्ने बताएका हुन् ।

सरकारले समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति काबु बाहिर जान लागेको श्रेष्ठको ठहर छ । उनले लेखेका छन्, ‘सरकारले समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति काबु बाहिर जान लाग्यो । सबै मिलेर सम्हालौं ।’

उनले भनेका छन्– ‘कोरोनाको महामारी भयावह भयो। नेपाल संक्रमण र मृत्यु दर दुबै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थाल्यो । सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लाग्यो । सबै मिलेर सम्हालौं । आम नागरिकलाई कोरोना संक्रमणबाट बचाऔं र जीवन रक्षा गरौं ।’

श्रमजीवी वर्गलाई तत्काल राहत प्याकेज अपरिहार्य भएको भन्दै उनले अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि विशेष योजना आवश्यक रहेको बताए ।

‘६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागिसकेको स्थितिमा गरिब, बिपन्न र श्रमजीवी परिवार रोगले मात्र होइन ,भोकले समेत बाँच्न नसक्ने स्थितिमा पुग्दैछन्,’ उनले भनेका छन्, ‘अर्थतन्त्र ध्वस्त हुने खतरा देखिदैछ ।तसर्थ श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज अपरिहार्य छ भने अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि बिषेश योजना आवश्यक छ ।’

जोखिम मोलेर काम गर्न तयार नहुनेहरू आफ्नो पार्टीका नेता, कार्यकर्ता हुन नसक्ने भन्दै स्वंसेवकका रुपमा परिचालित हुन आह्वान पनि गरेका छन् ।

उनले भनेका छन्- ‘राजनीतिक नेता, कार्यकर्ता,संगठन र समाजसेवीहरूले आफूलाई बचाउने मात्रमा सीमित नरही जोखिम मोलेर समाजको लागि स्वयम्से‌वा गर्न तयार हुनुपर्दछ,’ श्रेष्ठको भनाइ छ, ‘त्यसो गर्न तयार नहुनेहरु हाम्रो पार्टीका नेता, कार्यकर्ता हुन सक्दैनन् र हुन मिल्दैन।’

कोरोनाको पहिलो लहरको समयमा क्रियाशील रहेको आफ्नो सचिवालय अन्तर्गतको कोभिड स्वयंसेवा समूह पुनः क्रियाशील रहेको जानाकारी श्रेष्ठले गराएका छन् ।

‘यस्तो बेलामा सवैले स्वास्थ्यमापदण्डको पालना गरेर आफूलाई संक्रमणबाट बचाउनु मात्र पनि राम्रो कुरा हो । तर राजनीतिक नेता ,कार्यकर्ता,संगठन र समाजसेवी हरुले आफूलाई बचाउने मात्रमा सिमित नरही जोखिम मोलेर समाजको लागि स्वयसेवा गर्न तयार हुनुपर्दछ । त्यसो गर्न तयार नहुनेहरु हाम्रो पार्टीका नेता, कार्यकर्ता हुन सक्दैनन् र हुन मिल्दैन’ श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्