Logo
Logo

११ दिनमै खुस्कियो मनाङेको मन्त्री पद


दृष्टि संवाददाता



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । आफुविरुद्ध दर्ता भएको अविश्वासको मतविरुद्ध बहुमत पुर्याउन नसक्ने भएपछि उनले राजीनामा दिएका हुन् ।


प्रदेश प्रमुख सीता पौडेललाई उनले राजीनामा दिएका हुन् । अविश्वासको मतमा सोमबार मतदान हुँदैछ ।
मुख्यमन्त्रीले राजीनामा दिएसँगै सबै मन्त्रीहरु पदमुक्त भएका छन् । ११ दिन अघि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका दीपक मनाङे(राजीव गुरुङ) समेत पदमुक्त भएका छन् ।
मन्त्री नियुक्त भएकै दिन दुई हप्तामै यो सरकार ढल्न सक्ने उनले बताएका थिए ।

प्रदेश प्रमुख पौडेलले राजीनामा स्वीकृत गरेर तीन दिनभित्र नयाँ सरकार गठनका लागि समय दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्