Logo
Logo

सामूहिक राजीनामा नदिन प्रधानमन्त्रीको माधव समूहलाई आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

विश्वासको मत लिने अघिल्लो दिन आइतबार प्रधानमन्त्री ओलीले एक वक्तव्य जारी गर्दै फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।

पार्टीलाई कमजोर पार्ने प्रवृत्ति भइरहेकोप्रति असन्तुष्टी जनाउँदै त्यस किसिमको कदम नगर्न आग्रह गरेका हुन् । उनले पार्टीको ह्वीप विपरित गएर अराजनीतिक काम नगर्न समेत पुनः नेता/ कार्यकर्तालाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा ओलीले ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएको’ असन्तुष्टी जनाएका छन् ।

यस्तै, उनले आफ्नै पार्टीभित्र एकले अर्कालाई गिराउने, सरकार ढाल्ने लगायतका काममा उद्दत रहेकोप्रति पनि असन्तुष्टी जनाए । ‘पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन्र यी हानिकारक छन् । ’ वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा ओलीले इतिहासले माफी नगर्ने र जनताले समेत हिसाब खोज्ने भन्दै पार्टीलाई बुलन्द बनाउन समेत आग्रंह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्