Logo
Logo

सोमबारदेखि ओली सरकार जिम्मेवारीमुक्त हुन्छ : नारायणकाजी श्रेष्ठ


दृष्टि संवाददाता


गोरखा । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबाराट केपी ओली नेतृत्वको सरकार जिम्मेवारीमुक्त हुने दावी गरेका छन् । गृहजिल्ला गोरखामा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले सोमबार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः जिम्मेवारीमुक्त हुने बताएका हुन् ।
कुराकानीका क्रममा नेता श्रेष्ठले केही दिनमै बहुमतको नयाँ सरकार बन्ने पनि बताए । ‘माओवादी, नेपाली कांग्रेसलगायतका पार्टीहरुले विश्वासको मत नदिने निर्णय गरेका छौं,’ उनले भने ।

‘सरकारको अहिलेसम्मको प्रतिगमनकारी र निरंकुशतावादी प्रवृत्ति, राष्ट्रिय स्वाधिनतामा सौदाबाजी, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियामा अत्यन्तै छिपछिपेपन, कोरोना महामारी नियन्त्रणमा देखिएको नालायकीपन र असक्षमता, अध्यादेशबाट शासन गर्ने शासकीय शैली छ । यो सबै कोणबाट हेर्दा यो सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन, भोलिका दिनबाट यो सरकार जिम्मेवारीबाट मुक्त हुन्छ ।’ उनले थपे ।

उनले लुम्बिनी सरकार अवैधानिक रहेको भन्दै अवैधानिक तवरले बलजफ्ती सरकार चलाउने काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्