Logo
Logo

खोप खरिदमा भ्रष्टाचार क्षम्य हुँदैन : प्रधानमन्त्री


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप खरिदमा भ्रष्टाचार क्षम्य नहुने बताएका छन्। उनले खोप खरिदमा अनियमितता भए त्यसमा संलग्न जोकसैलाई कारबाही गरिने बताए।

‘प्रधानमन्त्री र सरकारमा हिलो छ्याप्ने र औषधि खरिदमा भएको भ्रष्टारकाको कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने काम भयो’, प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने क्रममा ओलीले भने, ‘जनताको जीवन रक्षा पहिलो प्राथमिकता हो। भ्रष्टाचार यसमा क्षम्य हुँदैन। दोषी पाइए कारबाही हुन्छ।’

उनले दक्षिण एसियामा भारत पछि खोप लगाउने पहिलो देश नेपाल बनेको उल्लेख गरे। सरकारको संयन्त्रले कोरोनाको पहिलो लहरलाई सरकारले नियन्त्रण गरेको ओलीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्