Logo
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका हुन् ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले सोमबार संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ । मत नपाएसँगै नयाँ सरकार नबनेसम्म कामचलाउ सरकारका रूपमा ओलीले मन्त्रिपरिषदको अध्यक्षता गर्नेछन् भने उक्त बैठकले कुनै ठूला निर्णय गर्न भने पाउने छैन ।

प्रतिक्रिया दिनुहोस्