Logo
Logo

बंगलादेशले लगायो नेपालमा उडान प्रतिबन्ध


दृष्टि संवाददाता


प्रतिकात्मक तस्वीर

काठमाडौं । बंगलादेशले केही समयका लागि नेपालसँग हुने उडानमा रोक लगाएको छ ।

नेपालमा कोभिड–१९ को संक्रमण अवस्था भयावह बनेको बताउँदै बंगलादेशले पनि नेपालसँग हुने उडानलाई रोक लगाएको हो । बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय गरेको हो ।

‘कोरोनाभाइरस फैलने जोखिमलाई रोक्नका लागि हामीले नेपालसँग हुने उडानलाई अहिलेका लागि स्थगित गरेका छौं’ जारी विज्ञप्तीमा उल्लेख छ ।

सोमबारदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ । बंगलादेशले जोखिमको आधारमा ए,बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल एमा छ ।

ए समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम छ ।

प्रतिक्रिया दिनुहोस्