Logo
Logo

प्रधानमन्त्रीलाई ‘हुन्छ’, ‘हुन्‍न’ र ‘दिन्‍न’ मा मत दिन पाइने


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदा हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि तीन स्थानमा मतदान हुने भएको हो ।

सचिवालयका अनुसार ‘हुन्छ’ , ‘हुन्न’ र ‘मत दिन्न’ गरेर तीन लबीमा मतदान गर्ने व्यवस्था गरिएको छ । कोरोना भाइरसबाट संक्रमित भएका सांसदलाई पनि मत दिने व्यवस्था गरिएकाले सचिवालयले ल्होत्सेहलमा मतदानको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीको सम्बोधन प्रतिनिधि दलका शीर्ष नेताले छोटो सम्बोधन गरेलगत्तै यसको जवाफ दिएपछि मत विभाजनको प्रक्रिया सुरु हुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्