Logo
Logo

प्रधानमन्त्रीले राजीनामा दिनु उत्तम विकल्प : दुर्गा पौडेल


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु नै उत्तम विकल्प भएको बताएका छन् । प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिलेको परिस्थितिअनुसार प्रधानमन्त्रीले राजीनामा दिनु नै उत्तम विकल्प हो।’ प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने राष्ट्रिय जनमोर्चाको माग रहेको उनले बताए ।जनमोर्चाको प्रतिनिधिसभामा पौडेलको मात्रै प्रतिनिधित्व छ ।

सम्बोधनका क्रममा उनले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न सक्ने र आजकै संसद बैठक अन्तिम भएको भन्ने कुरा समेत आएकाले सभामुखमार्फत प्रधानमन्त्रीको जवाफ माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्