Logo
Logo

कोरोनाबाट एकैदिन १३९ जनाको मृत्यु, ९ हजार २७१ जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । याेसँग नेपालका काेराेना संक्रमणाबाट मृत्यु हुनेकाे संख्या ३ हजार ८५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा थप ९२७१ जना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

याे अहिलेसम्मकै उच्च संक्रमितकाे संख्या हाे । यसअघि वैशाख २४ गते शुक्रबार ९ हजार १९६ संक्रमित फेला परेका थिए ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ ।  सोमबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्