Logo
Logo

ओलीको विकल्प खोज्नैर्पछ : बाबुराम


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली राजनीतिमा केपी शर्मा ओली चतुर सावित भएको बताएका छन् । ओली पुनः प्रधानमन्त्री पदमा नियुक्त भएपछि डा भट्टराईले उक्त उक्त प्रतिक्रिया दिएका हुन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत डा भट्टराईले कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको पनि बताए ।

‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,’ डा भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘ सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन् ।’

उनले सबैले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने पनि बताएका छन् । उनले लेखेको छन् – ‘अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ । सबैले आत्मसमीक्षा गरौं ’

प्रतिक्रिया दिनुहोस्