Logo
Logo

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे गृहमन्त्री थापा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कोटेश्वर पुगेका छन् । राष्ट्रियसभा सदस्यको पदका लागि हुन लागेको चुनावमा सहयोग माग्न गृहमन्त्री थापा नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

अहिले माधव र बादलबीच कुराकानी भइरहेको बताइएको छ । बागमती प्रदेशमा जेठ ६ गते हुँदै गरेको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा ९एमाले०का तर्फबाट बादल उम्मेदवार रहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको सहयोग र समर्थनमा नेता नेपाल निकटका खिमलाल देवकोटा पनि उम्मेदवार छन् ।

गत फागुन २३ गतेको सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि थापा माओवादी छाडेर ओलीको पक्षमा लागेपछि उनी राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्