Logo
Logo

फेरि प्रधानमन्त्रीको दाबी गर्न सक्छु : ओली


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले फेरि प्रधानमन्त्रीमा दाबी गर्न सक्ने बताएका छन्।

शुक्रबार दिउँसो सिंहदरबारमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले प्रधानमन्त्रीमा आफ्नो फेरि दाबी हुन सक्ने बताएका हुन्।

उनले आफूसँग १२१ मत रहेको र प्रधानमन्त्रीका लागि आधार प्रस्तुत गर्न खोजिरहेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गर्न गरेको आह्वान आज साँझ ५ बजे सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्