Logo
Logo

‘सर्वोच्चले संसद विघटनको निर्णय पुनः बदर गर्छ’


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई पुनः बदर गर्ने विश्वास व्यक्त गरेका छन् ।

विपक्षी गठवन्धनको वैठकपछि प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने ,‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ । यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौ । हिजो १४९ जनाले दावी प्रस्तुत गरेका थियौं उहाँहरु सबैको हस्ताक्षरसहित सर्वौच्च जान्छौं ।’

अदालतले बहुमत सांसदहरुको हस्ताक्षरसहित रिट निवेदन लिएर गइसकेपछि पुनः संविधानको रक्षामा उनले विश्वास व्यक्त्त गरे । उनले भने ‘अदालतले अन्ततः फेरि एकपटक लोकतन्त्र र संविधानको पक्षमा फैसला गर्दै संसद पुनःस्थापना गर्नेछ । त्यो पहिलो एपिसोडमै देखिएको हो ।’

कोरोना महामारी नियन्त्रणमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्ने बेलामा निरंकुश र तानाशाही प्रवृत्तिविरुद्ध प्रतिवाद गर्नुपर्ने समय आएको पनि उनले बताए । ‘कोरोना महामारी नियन्त्रणमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्ने बेलामा निरंकुश र तानाशाही प्रवृत्तिविरुद्ध प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ, ’उनले भने, ‘यो कदमविरुद्ध स्थानीय तहसम्म नै कडा प्रतिवाद सुरु हुनेछ।’

प्रतिक्रिया दिनुहोस्