Logo
Logo

केपी गुटले पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद : भीम रावल


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौं । नेकपा एमालेबाट निष्कासित भीम रावलले आफूहरुमाथि गरिएको कारबाहीलाई हास्यास्पद भनेका छन्।

सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधवकुमार नेपाल, रावल लगायत ११ जना नेता तथा विघटित संसदका सांसदलाई पार्टीको साधरण सदस्यबाट समेत निष्कासित गरेको छ ।

पार्टीले निष्कासित गरेपछि नेता रावलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् । उनले ‘केपी गुटको फुटवाद कै निरन्तरता’ भएको टिप्पणी गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्- ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ, यो केपी गुटको फुटवाद कै निरन्तरता हो।’

प्रतिक्रिया दिनुहोस्