Logo
Logo

बुद्धले दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री पौडेल


दृष्टि संवाददाता

126
Shares

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुद्धले दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् ।

बुद्ध जयन्तीका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक अमनचयन, एकता, दिगो शान्ति, स्थायित्व र ‘समृद्व नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न बुद्ध जयन्तीले थप प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान तथा महापरिनिर्वाण प्राप्त भएको दिन वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा उल्लेख छ ।

दरबारको सुखसयल त्यागेर मानिसको दुःखको कारण खोज्न निस्किएका सिद्धार्थ गौतमले बोधगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरेएपश्चात् उनी गौतम बुद्धको नामले चिनिएका हुन् । विश्व शान्ति, अहिंसा र मानवताको भावना विकास गर्न बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्