Logo
Logo

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माधव नेपालको माग


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्नेमाथि कडा कारबाहीको माग गरेका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत कोभिड–१९ महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कारबाही गर्न माग गरेका हुन् ।

उनले महामारीको समयमा आफ्नो जीवन जोखिममा राखेर अहोरात्र खटिनेहरुलाई सुरक्षा र प्रोत्साहनको साटो अराजक तवरमा आक्रमण गरिएको बताउका छन् ।

उनले फेसबुकमार्फत लेखेका छन्– ‘नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको सांघातिक हमला र दुर्व्यवहारको भर्त्सना गर्दछु । महामारीको समयमा आफ्नो जीवन जोखिममा राखेर अहोरात्र खटिनेहरुलाई सुरक्षा र प्रोत्साहनको साटो अराजक तवरमा आक्रमणमा उत्रिनेहरुमाथि तत्काल कानूनी कारबाही गर्न र विरामीहरूलाई आवश्यक उपचार प्रवन्ध मिलाउन माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्