Logo
Logo

‘के रहेछ र जीवन’ भन्दै चीनबाट गायक आशिषको सहयोग


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोरोना महामारी फैलिँदै गइरहेका बेला देश विदेशबाट सहयोग प्राप्त हुनेक्रम जारी छ । प्रवासमा रहेका कलाकर्मीले मातृभूमिको सम्झनामा राहत र सहयोग सामाग्रीहरु पठाउनेक्रम चलिरहेको छ ।

यसैबेला चीनबाट गायक आशिष सचिनले साढे दुई लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । हाल आफ्नो ब्यक्तिगत कामको शिलसिलामा चीनमा रहेका आशिषले आफुले नेपाल पठाएको सामाग्रीको तस्बिरसमेत सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् ।

गायक आशिषले सामाजिक संजालमा लेखेका छन् ‘हाल मेरो केही समयको ब्यक्तिगत चीन भ्रमणको दौरानमा थोरै भएपनि एक कलाकार र सचेत नागरिकको स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा खुसी महसुस गरेको छु ।’

उनले आफ्नो पोस्टमा ‘के रहेछ र जीवन, मात्र दुई मुठ्ठी सास, सानो सहयोग हृदयदेखि’ बोलको शीर्षक राखेर लेखेको स्टाटसमा थपै्रले कमेन्ट गरेका छन् । आशिषले आफ्नो ब्यक्तिगत सहयोगमा २ लाख ५५ हजार ८ सय रुपैया बराबरको स्वास्थ्य सामाग्री नेपाल पठाएको उल्लेख गरेका छन् ।

अक्सिजन कन्सेन्टरेटर, पिपिई, ग्लोभ्स, मास्कलगायत राहात सामाग्री पठाएका आशिष चीन र नेपालको हवाई यात्रा खुलेसँगै स्वदेश आउने बताए ।

प्रतिक्रिया दिनुहोस्