Logo
Logo

पूर्व अर्थमन्त्री पुन भन्छन्- यो बजेट खारेज हुन्छ


दृष्टि संवाददाता

72.6k
Shares

काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका वर्षमान पुन ‘अनन्त’ले कामचलाउ सरकारले ल्याएको बजेट कार्यान्वयन नहुने टिप्पणी गरेका छन् ।

सरकारले अध्यादेशमार्फत् शनिबार करिब साढे १६ खर्बको बजेट सार्वजनिक गरेपछि पूर्व अर्थमन्त्री पुनले कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने टिप्पणी गरेका हुन् । उनले संसद पुनस्स्थापना हुने र यो बजेट खारेज हुने पनि बताए ।

उनले कार्यान्वयन हुन कठिन बजेट ल्याएको भन्दै आलोचना गरे । संसद पुनस्स्थापना भएपछि नयाँ सरकारले बजेट ल्याउने पनि उनको धारणा छ । उनले भने, ‘कामचलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नै छैन। सरकारविरुद्द सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।’

प्रतिक्रिया दिनुहोस्