Logo
Logo

एमसीसीका लागि बजेट छुट्याउनु राष्ट्रघात- भीम रावल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि बजेट छुट्याउनु राष्ट्रघात रहेको प्रतिकृया दिएका छन् । शनिबार अर्थमन्त्री विष्णु पौडेलद्धारा सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले एमसीसी कार्यान्यनका लागि बजेट छुट्याएको भन्दै नेता रावलले बिरोध गरेका हुन् ।

आइतबार ट्वीटरमार्फत नेता रावलले एमासीसी कार्यान्वयनका लागि बजेट बिनियोजन गर्नु नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका बजेट छुट्यानु राष्ट्रघात रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रघाती चिन्तन र व्यवहारकै कारण एमसीसीका लागि बजेट बिनियोजन गरिएको समेत रावलले आरोप लगाएका छन् । उनले ‘लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं’ भन्दै सरकारले एमसीसी कार्यान्वयनका लागि बिनियोजन गरेको बजेटको बिरोध गर्न आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्