Logo
Logo

उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर


दृष्टि संवाददाता


काठमाडाैं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको र अवस्था अत्यन्तै गम्भिर रहेको बताएका छन् । 

उनले भनेका छन्– ‘डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ।’

केहीदिन अघि कोरोना संक्रमित भएका थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्