Logo
Logo

वायुसेवा निगम सञ्चालनमा स्टाजिटिक पार्टनर ल्याइने


दृष्टि संवाददाता


काठमाडाैं । सरकारले नेपाल वायुसेवा निगम सञ्चालनमा छिटो भन्दा छिटो स्टाजिटिक पार्टन ल्याइने बताएको छ । गत शनिबार बजेट मार्फत स्टाजिटिक अर्थात् व्यवसायिक साझेदार बारे मुख खोलेको सरकारले आइतबार पत्रकार सम्मेलन मार्फत थप प्रष्ट पारेको हो । 

पत्रकार सम्मेलनमा बोल्दै अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले तत्काल कार्यदल बनाएर कम्पनीमा साझेदार भित्र्याउने गृह कार्य थालनी गर्ने बताए ।  उक्त साझेदारी सार्वजनिक–निजी–सरकारी वा अन्तर्राष्ट्रिय जे पनि हुनसक्ने उनले बताए । 

यता नेपाल टेलिकमको बारेमा भने पब्लिक इन्भेष्टमेन्टमा गएपनि सार्वजनिक रुपमा नभएर जसले एनटीसीको सेवा उपभोग गर्छ त्यसैलाई सेयर प्रदान गर्ने गरि नाफा घाटाको अधिकार प्रदान गरिने नीति लिन लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्