Logo
Logo

विकास र परिवर्तन नचाहनेहरू सरकारसँग डराए – प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता



बुटवल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तन नचाहनेहरू अहिलेको सरकारसँग डराएको र ‘सरकारले राम्रा काम अघि बढाइरहँदा आतंकित भएका बताए ।

शुक्रवार रुपन्देहीको तिलोत्तमा–१ नयाँमिलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘एयरपोर्ट बनाउँदा, सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउँदा, जे गर्दा पनि उनीहरू सरकारकै विरोधमा हुन्छन् ।’ प्रधानमन्त्री ओलीले जति विरोध गरे पनि सरकारले चौतर्फी रुपमा विकासका काम अघि बढाउने प्रष्टाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० देखि ८५ सालको समय सुरुङ मार्गको युग हुने बताएका छन् । शुक्रबार बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ७५ देखि ८० सालसम्म सडक युग र ८० देखि ८५ सम्म सुरुङ मार्गको युग हुने बताएका हुन् । उनले देशमा विकासको युग सुरु भएकाले विपक्षीहरुले विरोध गर्दैमा नरोकिने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्