Logo
Logo

अध्यक्ष महन्थसहित चार नेता जसपाबाट निस्कासित


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारवाही गरेको छ ।

जसपाको उपेन्द्र यादव समूहले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्लालाई कारवाही गर्दै पार्टीबाट निस्कासन गरेको हो । सोमबार बसेको बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्षसहित चार नेतालाई कारवाही गरेको हो ।

प्रधामन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएपछि राजपामा संकट सुरु भएको हो । महन्थ पक्षले तथष्ठ बसेर ओलीलाई सहयोग गरेका थिए भने याद पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेको थियो ।

त्यसपछि जेठ ७ गते यादव पक्ष कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लाग्यो भने ठाकुर पक्षले ओलीलाई नै प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको थियो । ओलीलाई प्रधानमन्त्री बनाउने हस्ताक्षर गरेपछि यादव समूहले ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नलेखेकाले उनीहरुलाई निस्कासन गरिएको यादव समूहका नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्