Logo
Logo

व्यापक हेरफेरपछि यस्तो बन्यो नयाँ मन्त्रिपरिषद (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गरेका छन् । चार मात्रै पुराना मन्त्रीलाई दोहोर्‍याउँदै उनले मन्त्रिपरिषद पुर्नगठन गरेका हुन् ।

पुर्नगठन गरिएको मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री भएका छन् । हाल अर्थमन्त्री समेत रहेका विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री बनेका छन् । वरीयता क्रममा उनी प्रधानमन्त्रीपछि दोस्रोमा छन् । यस्तै, परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्रीको जिम्मा रघूवीर महासेठलाई दिइएको छ भने जसपाका नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

यस्तै, स्वास्थ्यमन्त्रीमा शेरबहादुर तामाङलाई नियुक्त गरिएको छ । तामाङ ओली नेतृत्वको सरकारमै कानून, न्याय तथा संसदीयि मामिला मन्त्री बनेका थिए । सार्वजनिक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिका कारण उनले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।

यि बाहेक कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङलाई भने निरन्तरता दिइएको छ ।

नियुक्त भएका नयाँ मन्त्रीलाई आठ बजे राष्ट्रपतिले र दुई राज्यमन्त्रीलाई राष्ट्रपतिको उपस्थितिमिा प्रधानमन्त्रीले सपथ गराउने कार्यक्रम छ ।

यस्तो छ पुर्नगठन गरिएको नयाँ मन्त्रिपरिषद

केपी शर्मा ओली प्रधानमन्त्री
उद्योग बाणिज्य तथा आपूर्ति
कृषि, पशुपन्छी विकास
गृह, रक्षा, वन तथा वातावरण

संघीय मामिला तथा सामान्य प्रशासन
संचार तथा सूचना प्रविधि
विष्णुप्रसाद पौडेल उप्रपधानमन्त्री तथा अर्थ
रघुबीर महासेठ उपप्रधान तथा परराष्ट्र
राजेन्द्र महतो उपप्रधानमन्त्री तथा शहरी विकास
शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाई
कृष्णगोपाल श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि
अनिलकुरमा झाखानेपानी
शेरबहादुर तामाङस्वास्थ्य तथा जनसंख्या
लक्ष्मणलाल कर्णभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
बसन्तकुरमा नेम्बाङभाैतिक पूर्वाधार तथा यातायात
लिलानाथ श्रेष्ठकानून न्याय तथा सामाजिक सुरक्षा
उमाशंकर अरगरियासंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन
चन्दा चौधरीमहिला बालबालिका तथा जेष्ठ नागरिक
एकवाल मियाँयुवा तथा खेलकुद
चन्द्रकान्त चौधरीउर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री
रेणुका गुरुङमहिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्