काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गरेका छन् । चार मात्रै पुराना मन्त्रीलाई दोहोर्याउँदै उनले मन्त्रिपरिषद पुर्नगठन गरेका हुन् ।
पुर्नगठन गरिएको मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री भएका छन् । हाल अर्थमन्त्री समेत रहेका विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री बनेका छन् । वरीयता क्रममा उनी प्रधानमन्त्रीपछि दोस्रोमा छन् । यस्तै, परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्रीको जिम्मा रघूवीर महासेठलाई दिइएको छ भने जसपाका नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।
यस्तै, स्वास्थ्यमन्त्रीमा शेरबहादुर तामाङलाई नियुक्त गरिएको छ । तामाङ ओली नेतृत्वको सरकारमै कानून, न्याय तथा संसदीयि मामिला मन्त्री बनेका थिए । सार्वजनिक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिका कारण उनले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।
यि बाहेक कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङलाई भने निरन्तरता दिइएको छ ।
नियुक्त भएका नयाँ मन्त्रीलाई आठ बजे राष्ट्रपतिले र दुई राज्यमन्त्रीलाई राष्ट्रपतिको उपस्थितिमिा प्रधानमन्त्रीले सपथ गराउने कार्यक्रम छ ।
यस्तो छ पुर्नगठन गरिएको नयाँ मन्त्रिपरिषद
केपी शर्मा ओली | प्रधानमन्त्री उद्योग बाणिज्य तथा आपूर्ति कृषि, पशुपन्छी विकास गृह, रक्षा, वन तथा वातावरण संघीय मामिला तथा सामान्य प्रशासन संचार तथा सूचना प्रविधि |
विष्णुप्रसाद पौडेल | उप्रपधानमन्त्री तथा अर्थ |
रघुबीर महासेठ | उपप्रधान तथा परराष्ट्र |
राजेन्द्र महतो | उपप्रधानमन्त्री तथा शहरी विकास |
शरतसिंह भण्डारी | उर्जा, जलस्रोत तथा सिंचाई |
कृष्णगोपाल श्रेष्ठ | शिक्षा विज्ञान तथा प्रविधि |
अनिलकुरमा झा | खानेपानी |
शेरबहादुर तामाङ | स्वास्थ्य तथा जनसंख्या |
लक्ष्मणलाल कर्ण | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण |
बसन्तकुरमा नेम्बाङ | भाैतिक पूर्वाधार तथा यातायात |
लिलानाथ श्रेष्ठ | कानून न्याय तथा सामाजिक सुरक्षा |
उमाशंकर अरगरिया | संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन |
चन्दा चौधरी | महिला बालबालिका तथा जेष्ठ नागरिक |
एकवाल मियाँ | युवा तथा खेलकुद |
चन्द्रकान्त चौधरी | उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री |
रेणुका गुरुङ | महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री |