Logo
Logo

बाँकेमा थप दुई संक्रमितको मृत्यु


दृष्टि संवाददाता


राँझा । बाँकेका अस्पतालमा भर्ना उपचाररत थप दुई कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । संक्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिए ।

उनका अनुसार कोहलपुर नगरपालिका–१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्