Logo
Logo

पार्टी एकताका लागि अध्यक्षको प्रस्ताव सकारात्मक- योगेश भट्टराई


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वान सकारात्मक रहेको प्रतिकृया दिएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आइबार साँझा सार्वजनिक बक्तव्यमार्फत पार्टी एकताका लागि २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्कन तयार रहेको बताएका थिए । सामाजिक संजालमार्फत नेता भट्टराईले अध्यक्षको बक्तव्यले नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षासमेत गरेका छन् ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेपछि नेता भट्टराईले फेसबुकमार्फत भनेका छन्– ‘सर्वोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्