Logo
Logo

खेल क्षेत्रलाई कोभिड खोप उपलब्ध गराउन महासंघकाे माग


दृष्टि संवाददाता


काठमाडौं । नेपाल खेलकुद महासंघले खेल क्षेत्रको लागि कोभिड-१९ को खोप उपलब्ध गराउन माग गरेको छ । महासंघले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई एक पत्र लेख्दै खोप उपलब्ध गराउन माग गरेको हो ।

आजीवन राष्ट्रिय झण्डालाई प्राथमिकतामा राखेर हिड्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरुको जीवन रक्षाको लागि खोप उपलब्ध गराउन महासंघले माग गरेको हो ।

महासंघले काठमाडौं उपत्यकामा ५ हजार तथा प्रदेश र जिल्लामा समेत आवश्यकता अनुसार खोप उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्