Logo
Logo

आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट


दृष्टि संवाददाता


काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालीका ५ स्थित एक टहरासहितको घरमा आगलागी हुँदा लाखौको धनमाल जलेर नष्ट भएको छ ।

शुक्रबार दिउँसो भएको आगलागी ललितपुर लगाएत अन्य जिल्लाको दमकलको सहायताले करिव १ घण्टापछि निभाइएकाे थियाे ।

महालक्ष्मी नगरपालीका ५ , भोगटेश्वर मन्दिरको छेउमा नै रहेका गमला बोगटीको घर टहरामा आगो लागेको प्रहरीले जनाएको छ । बिद्युट सट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्