Logo
Logo

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, सबै मन्त्रालय मुख्यमन्त्रीसँग


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गाेपनियताको सपथ लिएका छन् ।

पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट कुमार खड्का, नेकपा माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरीशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ मन्त्री नियुक्त भएका छन् ।

पोखरेलले मन्त्रिपरिषद विस्तार गरे पनि जिम्मेवारी भने तोकेका छैनन् । सबै मन्त्रीले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् । ख्यमन्त्रीका लागि सहयोग गर्ने सबै राजनीतिक दलसँग सल्लाह गरेर मात्र मन्त्रीहरुको जिम्मेवारी तोक्ने मुख्यमन्त्री पोखरेलको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्