Logo
Logo

छापामाध्यम सञ्जालद्धारा काउन्सिलका अध्यक्ष बस्नेतलाई बधाई

छापा माध्यम बचाउन सक्दो पहल गर्ने बस्नेतको प्रतिबद्धता


दृष्टि संवाददाता

126
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय छापामाध्यम सञ्जालले प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई बधाई ज्ञापन गरेको छ । सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले बुधबार काउन्सिलमा एक समारोहबीच अध्यक्ष बस्नेतलाई कार्यकाल सफलताको कामनासहित बधाई दिनुभएको हो । सो क्रममा त्रिपाठीले पत्रकारिताको संरक्षण र संवद्र्धनमा सँगसँगै सहकार्य गरेर अघि बढ्ने विश्वास ब्यक्त गरे ।

यस क्रममा काउन्सिलका निवर्तमान कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहितको सहभागिता थियो । कोरोनालगायत कारणले समस्यामा परेका छापामाध्यमको विकासमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । छलफलमा अध्यक्ष बस्नेतले राज्यको तर्फबाट छापा माध्यमलाई बचाउनका लागि गर्न सक्ने काममा सक्दो पहल गर्ने विश्वास व्यक्त गरे ।

वरिष्ठ पत्रकार त्रिपाठीले छापामाध्यमको अस्तित्व टिकाउनका लागि विशेष पहल गर्नुपर्ने अवस्था आएको बताए । पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठले अनलाइनले छापामाध्यम विस्थापित हुने अवस्था नआओस् भन्नका लागि यस्ता बहस र छलफल आवश्यक भएको बताए । निर्वतमान कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रविधिसँगै छापामाध्यममा पनि परिवर्तन हुनुपर्ने बताए ।

कार्यक्रममा काउन्सिलका सदस्य दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, काउन्सिलका सदस्यसचिव एवं सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्