Logo
Logo
गण्डकी प्रदेश

आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन मुख्यमन्त्रीको आग्रह


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । मुख्यमन्त्री पोखरेलले सरकार गठन भएको एक हप्ता नवित्दै विश्वासको मतको प्रस्ताव पेस गर्दै आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यसँग आग्रह गरेका छन् ।

शुक्रबार बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका थिए ।

मूख्यमन्त्री पोखरेलले विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै यसबीचमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको र आगामी आर्थिक वर्षको बजेट ल्याएको चर्चाका छन् ।

राजनीतिक घटनाक्रम परिवर्तनका सन्दर्भमा आफूहरुमाथि थप जिम्मेवारी आइपरेको भन्दै मुख्यमन्त्री पोखरेलले जनताले पाँच वर्षका लागि मतादेश दिइसकेपछि त्यसअघि नै जनतामा जानु कुनैपनि दृष्टिले उपयुक्त नहुने बताए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्