Logo
Logo

तामाकोशी थुनियो, बाढी आउन सक्ने चेतावनी


दृष्टि संवाददाता


काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपाल-चीन सीमाको टिङ्ग्री काउन्टीस्थित रोङ्जिया सहर र त्यस आसपासमा भारी वर्षापछि पहिरो जाँदा नदी थुनिएकाले सम्भावित बाढी आउन सक्ने खतरा भएकाले सतर्कता अपनाउन भनेको प्रशासनले भनेको हो ।

शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समय तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने भएकाले सचेत गराएको हो।

नेपाल-चीन सीमा नजिकको बस्ती र नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेकाले सजग रहन प्रशासनले सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्