Logo
Logo

महाकालीको बहाव वर्षकै उच्च, निर्माणाधिन मोटेरेवल पुल भत्कियो


दृष्टि संवाददाता


धनगढी । महाकाली नदीमा पानीको बहाव आइतबार दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।

शनिबार मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले बताए । उनका अनुसार यो यस वर्षकै उच्च बहाव हो । महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी छ सोनाह परिवार विस्थापित भएका छन् ।

यस्तै, महाकाली नदीमा आएको बाढीले निर्माणाधीन मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको शनिबार राति आएको बाढीले भत्काएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि ९० मिटर क्षेत्रको बाँध बगाएको छ ।

तटीय क्षेत्रन जिकै पर्ने दोधारा चाँदनी नगरपालिका–१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेको छ । घरभित्र पानी पसेपनि मानवीय तथा भौतिक क्षति भने नभएको उनको भनाइ छ ।

पहाडी जिल्लामा लगातार भइरहेको वर्षका कारण महाकाली नदीमा पानीको सहत बढ्ने, घट्ने क्रम जारी रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाले भने महाकाली र जोगबुढा नदीको पानीगाउँ पसेपछि दोधारा चाँदनी नगरपालिका–१० का करिब ७० घरमा क्षतिपुगेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाकी कार्य समिति सदस्य कोमल उपाध्यायले ८ परिवार पूर्णरुपमा विस्थापित भएको बताइन् । आइतबार बिहान प्रभावित क्षेत्रमा स्थलगत अनुगमनमा पुगेकी उपाध्यायले पानी पसेपनि उनीहरु घरभित्रै बसिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्