Logo
Logo

विपक्षीकाे अवराेधपछि लुम्बिनी प्रदेश सभा स्थगित


दृष्टि संवाददाता


रूपन्देही । प्रमुख प्रतिपक्षले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । 

सरकारको वैधता र बजेट विनियोजन प्रक्रियाको विरोध गर्दै प्रतिपक्षले अवरोध गरेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको हाे ।

असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत गरेका थिए । जेटमाथि आइतबारदेखि प्रदेश सभामा छलफलका लागि कार्यसूची तय भए पनि बैठकको सुरुमै नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले बोलेपछि विपक्षी दलले बैठक बहिष्कार गरेका थिए । त्यसपछि ३ बजेसम्मका लागि स्थगित भएको बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित हुन पुग्याे ।

मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्ति भएपछि सदनमा विपक्षी नेपाली कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चाले गठबन्धन बनाएर सरकारको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्