Logo
Logo

‘ओलीलाई सर्वोच्चले संविधानको शक्ति सम्झाइदियो’


दृष्टि संवाददाता

378
Shares

काठमाडाैं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद बिस्तारलाई खारेज गर्ने अन्तरिम आदेश दिएपछि नेपाली कांग्रेसले प्रतिक्रिया जनाएकाे छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले राजनीतिक शक्तिको अहंकार देखाएकोमा सर्वोच्चले संविधानको शक्ति स्मरण गराइदिएको प्रतिक्रिया दिएका हुन् ।

सर्वोच्चको आदेशले संविधान मिच्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई निरूत्साहित गरेको शर्माको भनाइ छ। सर्वोच्चको आदेशसँगै गत जेठ २१ र २७ मा मन्त्री भएकाहरू स्वत: पदमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्