
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको आदेशपछि जसपाबाट मन्त्री बनेका नेताको आँखा खुल्नुपर्ने टिप्पणी गरेका छन् ।
मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले मंगलबार संविधान विपरीत भएको ठहर गर्दै २० मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएपछि प्रतिक्रिया दिँदै नेता भट्टराईले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा अब खुल्नु पर्ने टिप्पणी भन्दै महन्थ ठाकुर पक्षलाई कटाक्ष गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा नेता भट्टराईले संविधानका निर्माता नै संविधान विपरित गएपनि सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु सही भएको टिप्पणी गरेका छन् ।
संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य भएको उल्लेख गरेका छन् ।
‘संविधानका निर्मातामध्ये नै संविधानको शब्दरभावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउनेरबन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्वीटरमा लेखेका छन्, क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् ! ’











