Logo
Logo

स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन पदमुक्त


दृष्टि संवाददाता


एजेन्सी । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन पदमुक्त भएका छन् । संसदमा भएको मतदानमा बहुमत सदस्यहरूले विपक्षमा मत दिएका थिए ।

मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए भने ५१ जन अनुपस्थित भएका थिए । ३ सय ४९ जना सांसद मध्ये १ सय १७ जना मात्रै प्रधानमन्त्री लोफभेनको पक्षमा उभिएका थिए ।

विश्वासको मत नपाएपछि अब प्रधानमन्त्री लोफभेनलाई राजीनामा दिन वा मध्यावधि निर्वाचन घोषणा गर्न एक हप्ताको समय छ ।

प्रतिक्रिया दिनुहोस्