Logo
Logo

‘फैसला जे आएपनि कार्यान्वयन गरेर जान्छौँ’


दृष्टि संवाददाता

2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार रोक्ने सर्वाेच्च अदालतको आदेशले अहिलेको बिपदमा काम गर्न अवस्थालाई असहज बनाएको बताएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार सरकारका मन्त्री र आफ्नो पार्टीका केही स्थायी कमिटी सदस्यसँग छलफलका क्रममा उनले भने, ‘यो कोरोना महामारी र बाढी पहिलोलगायत प्राकृतिक विपत्तिमा महत्वपूर्ण मन्त्रालय रिक्त हुँदा काम गर्न गाह्रो हुने भयो ।’

प्रधानमन्त्री ओलीले अदालतको फैसलालाई कहिल्यै अवज्ञा नगर्ने बताउँदै अदालतबाट जुन फैसला आउँछ, त्यो पालना गरेर जाने पनि बताए । ‘हामी कानुनी राज्यको मान्यतामा विश्वास राख्ने भएकाले त्यसमा कुनै गुनासो रहँदैन’ ओलीको भनाइ उदृत गर्दै एक मन्त्री भने, ‘अदालतको फैसलालाई लिएर नमान्ने वा अन्य कुनै टिकाटिप्पणी गर्दैनौँ । अदालतको जे फैसला आउँछ, त्यसलाई कार्यान्वयन गरेर जान्छौँ ।’

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलाुमा सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्री ओलीले ‘प्रतिनिधिसभा पुर्नस्थापना भएपनि÷नभएपनि ‘ट्याकल’ गरेर अघि बढ्ने’ बताएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्