Logo
Logo

कांग्रेसको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभा स्थगित


दृष्टि संवाददाता


कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रदेश सरकारले असंवैधानिक बाटोबाट बजेट ल्याएको भन्दै अवरोध गरेपछि बैठक स्थगित भएको हाे ।

सभामुखले प्रदेशसभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए ।विरोधपछि प्रमुख सचेतक गोविन्द बोहराले अध्यादेश ल्याउँदा संसदलाई जानकारी नदिएको बताए ।

अर्को बैठक असार ११ गते दिउँसो २ बजे आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्