Logo
Logo

सर्वाेच्चमा ‘यु आर नो मोर प्राइम मिनिस्टर’ काे चर्चा


दृष्टि संवाददाता


काठमाडाैं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘यु आर नो मोर प्राइममिनिस्टर’ नभनेकाे तर्क दिएका छन् ।  

प्रतिनिधिसभा विघटनका मुद्दाको सुनुवाइका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदको तर्फबाट संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता कार्कीले विश्वास प्राप्त गर्न नसकेकाे भन्दै प्रधानमन्त्रीले लिखित रूपमा पत्र बुझाएपछि प्रधानमन्त्रीलाई राष्टपतिले ‘यु आर नो मोर प्राइमिनिस्टर ।’ भन्नुपर्ने थियाे भन्दै तर्क दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार बन्न अवरोध गरेको वरिष्ठ अधिवक्ता कार्कीको भनाइ थियो ।संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएपछि ओलीले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्थ्यो इजलासमा उनले तर्क प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्