Logo
Logo

सुनसरीमा माइक्रोकाे ठक्करबाट तीन जनाको मृत्यु


दृष्टि संवाददाता


तस्वीर : सामाजिक सञ्जाल

सुनसरी । सुनसरीमा माइक्रोले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।  आइतबार बिहान कोशी गाउँपालिकामा माइक्राेले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोटरसाइकलमा सवार विराटनगर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर ७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको हो। 

पूर्वबाट पश्चिम भइरहेको बा ३ ख ७२२४ नम्बरको  माइक्रोले विपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा अन्य दुइ जना घाइते छन् । घाइते माइक्रोका चालक नुवाकोट विदुर नगरपालिका १३ का ३५ वर्षीय विवश तामाङ् र सहचालक २५ वर्षीय नारायण बस्यालको विराट नर्सिङहोममा उपचार भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्