Logo
Logo

विपक्षी विद्यार्थी संगठनको आन्दोलन, त्रिभुवन विश्वविद्यालय घेराउ गर्दै


दृष्टि संवाददाता


काठमाडौं । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ ।

पाँच विद्यार्थी संगठनका नेताहरुको सोमबार बिहान बसेको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘१६, १७, १८ र १९ गते मशाल जुलुश सहित देशव्यापी आन्दोलन गर्ने निर्णय गरेका छौं,’ आन्दोलनका कार्यक्रमअनुसार मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निर्णय विद्यार्थी संगठनहरुले गरेका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले सरकारविरुद्ध संयुक्त विरोध कार्यक्रम गर्दै आएका छन् । उनीहरुले संयुक्त संघर्ष समितिको संयन्त्र सबै प्रदेश र जिल्लाहरुमा निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्