Logo
Logo

पैसा लिएर कोरोनाको खोप लगाइदिने कुरा गरे उजुरी गर्न मन्त्रालयकाे आग्रह


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैले पैसा लिएर कोरोना भाइरसविरूद्धको खोप लगाइदिने कुरा गरे तत्काल उजुरी गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै सरकारले अहिलेसम्म निःशुल्क लगाइरहेको भन्दै कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा तुरून्त स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गर्न भनेको छ।

अहिले खोप उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसारले पालै(पालो वितरण भइरहेको भन्दै मन्त्रालयले त्यस्तो ठगीमा नपर्न सुझाएको हो। यद्यपि अहिले खोप अभियान भने सञ्चालनमा छैन।

प्रतिक्रिया दिनुहोस्