Logo
Logo

सिन्धुपाल्चोकका बाढी पीडितलाई सन्दीप लामिछानेको सहयोग


दृष्टि संवाददाता


काठमाडौं । नेपाली लिग स्पिनर सन्दीप लामिछानेले सिन्धुपाल्चोकको पहिरोपीडितलाई सहयोग गरेका छन्। उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन्।

सन्दीपले हेलम्बु गाउँपालिकाका बाढी पीडितलाई अस्थायी आवास निर्माणका लागि सहयोग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकसँगको समन्वयमा चार लाख रुपैयाँ बराबरको जस्तापाता र डण्डी सहयोग गरिएको सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले बताए ।

सोमबार चौतारा पुगेर सो सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गरे।

हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोललगायत चार लाख बराबरका सामान छन्। प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामाग्री प्राप्त भएको जानकारी दिए ।

त्यसैगरी लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि संञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्