Logo
Logo

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी, चार घाइते


दृष्टि संवाददाता


काठमाडाैं । काठमाडौंको पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी हुँदा चार जना कामदार घाइते भएका छन् ।

अस्पतालको नवनिर्मित भवनमा मंगलबार दिउँसो आगलागी भएको महाराजगञ्ज प्रहरीले जनाएको छ । भवनमा बिद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीमा परि घाइते चार जना कामदारको शिक्षण अस्पतालमा उपचार गरिएको छ । आगो सेना प्रहरी लगाएतले आधा घण्टामा नियन्त्रणमा लिएको थियो । अस्पतालमा बिद्युतको काम गरिरहेका कामदारले बिद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्